जाजरकोट पहिरो : बेपत्ता एक मृत भेटिए, मृतकको संख्या ४ पुग्यो 

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ चिसापानीमा पहिरो जाँदा बेपत्ता भएका थप एकजना मृत भेटिएका छन् । ७० वर्षीय भीमबहादुर कार्की घरभन्दा झन्डै ५० मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार योसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

यसअघि पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ का ५२ वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । त्यस्तै पहिरोमा परी बेपत्ता भएका ५४ वर्षीय ओमसिंह खत्री र उनकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको जाजरकोटका डीएसपी बुद्धिसागर पुरीले बताए । उनका अनुसार उनीहरु शनिबार साँझदेखि बेपत्ता थिए । 

प्रतिक्रिया

ताजा समाचार