प्रतिनिधि सभा बैठकबाट रिसाएर हिँडिन् आशिका

काठमाडौँ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले परराष्ट्रमन्त्रीको जवाफप्रति तीव्र असन्तुष्टि जनाउँदै बैठक बहिस्कार गरेकी छन्।

कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव स्वदेश फर्काउने विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्तबुझ्दो नभएको र थप प्रश्न सोध्न नदिइएको भन्दै उनी बैठक कक्ष छाडेर बाहिरिएकी हुन्।परराष्ट्रमन्त्रीले वक्तव्य दिइरहँदा सांसद तामाङले नियमापत्ति गर्दै उठेर थप प्रश्न सोध्न पाउनुपर्ने अडान राखेकी थिइन्। तर सभामुखले उनलाई बोल्ने समय नदिई बस्न निर्देशन दिएका थिए। सभामुखले भनेका थिए, “मैले बोल्न समय दिएको छैन, बस्नुस्।”

सभामुखको आग्रहका बाबजुद सांसद तामाङले आफूले बोल्न पाउनुपर्ने अडान कायम राखिन्। लगातारको अडानपछि सभामुखले उनलाई सभाको मर्यादामा रहन र संसदीय अनुशासन पालना गर्न निर्देशन दिएका थिए। सभामुखको उक्त निर्देशनलगत्तै सांसद तामाङ असन्तुष्टि जनाउँदै झोला टिपेर बैठक कक्षबाट बाहिरिएकी हुन्।

प्रतिक्रिया

ताजा समाचार