
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार राष्ट्रपति पौडेलले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् ।
सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । तीमध्ये विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ यसअघि नै जारी भइसकेको थियो ।
बाँकी दुई अध्यादेश मंगलबार जारी भएसँगै सरकारले सिफारिस गरेका तीनवटै अध्यादेश जारी भएका छन् ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित