कांग्रेस केन्द्रीय सदस्यको खुलातर्फ मतगणना भोलि बिहान ८ बजेदेखि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका खुलातर्फका केन्द्रीय सदस्य पदको मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार खुलातर्फका केन्द्रीय सदस्य पद (मतपत्र नं. ४) को मतगणना भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ।

मतगणना ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगरमा हुने समितिले जनाएको छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार मतगणनास्थलमा केन्द्रीय सदस्यका उम्मेदवार स्वयं बाहेक अन्य कुनै पनि प्रतिनिधिलाई उपस्थित हुन दिइने छैन।

प्रतिक्रिया

ताजा समाचार