
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही निर्वाचित भएका छन्। उनले ४ हजार ८०३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२० मत प्राप्त गर्दा तेस्रो स्थानमा रहेका नरेन्द्र पासवानले ७७२ मत मात्रै पाए।
स्नेही यसअघि विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री बनेका थिए। यसपटकको महाधिवेशनबाट उनी सोही पदमा दोहोरिएका हुन्।
कांग्रेसको मतपरिणाम आउने क्रम जारी छ। अहिलेसम्म मुस्लिम, मधेसी, थारू, अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्ति र खसआर्यतर्फका सहमहामन्त्रीको नतिजा सार्वजनिक हुन बाँकी छ। यस महाधिवेशनबाट ११ जना सहमहामन्त्री निर्वाचित हुनेछन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित