
काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि पुनः सञ्चालनमा आएको छ ।
प्रहरीका अनुसार पहिरो पन्छाएर राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
आज बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि अहिले यातायात सहज रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित