सरकारसँग ४५ दिनमा माग सम्बोधन गर्ने सहमति, वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले अघि सारेका माग सम्बोधन गर्न युवा तथा श्रम रोजगार मन्त्रालय र व्यवसायीबीच सहमति भएको छ ।

आज मन्त्रालयमा भएको वार्तामा व्यवसायीका १५ बुँदे माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीले जानकारी दिए ।

सहमति भएसँगै व्यवसायीहरूले भोलिदेखि कार्यालय सञ्चालन गर्ने भएका छन् । सेवा शुल्क तोक्नुपर्ने र वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिनुपर्ने लगायतका माग राख्दै व्यवसायीहरूले आन्दोलन गर्दै आएका थिए ।

वार्तापछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको महासचिव डाँगीले बताए । मन्त्रालयका अनुसार अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित रहेकाले ऐन तथा नियमावली संशोधनमार्फत सम्बोधन गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

ताजा समाचार