
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाप्रमुख जनरल धिरज सेठबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ता दिउँसो साढे २ बजे सिंहदरबारमा हुने तय भएको छ ।
चारदिने भ्रमणका क्रममा भारतीय सेनाप्रमुख सेठ आइतबार काठमाडौं आएका हुन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो ।
सेठले सोमबारै प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेपछि भारतबाट नेपाल भ्रमणमा आउने उनी अहिलेसम्मकै उच्चस्तरीय अधिकारी हुन् । भारतीय सेनाप्रमुख सेठले प्रधानसेनापति बनेपछि पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रधानमन्त्री शाहसँग भेटवार्तापछि सेठ भोलि बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित