
काठमाडौं । खाना पकाउने ग्यासको अभावले विद्यार्थी समस्यामा परेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले खाली सिलिन्डर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेको छ।
नेविसंघले विद्यार्थीका समस्या तत्काल समाधान गर्न माग गर्दै मंगलबार त्रिचन्द्र क्याम्पसमा विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागी विद्यार्थीले ‘नो लाइन भनेको होइन सरकार ? ग्यासमा लाइन किन देखियो ?’, ‘चुल्हो निभ्यो, पढाइ रोकियो, सरकारको व्यवस्थापन कहाँ हरायो ?’, ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’, ‘ग्यासको समस्या समाधान गर्’ र ‘विद्यार्थीको समस्या समाधान गर्’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित