
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुरे (भक्तिनगर) सुकुम्वासी बस्तीकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको छ। आइतबार बिहानदेखि बेपत्ता भएकी बालिकाको शव मंगलबार साँझ घरनजिकैको एक खाली घरमा कपडाले पोको पारेको अवस्थामा फेला परेको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। अचम्मको विषय त के छ भने, बालिकाको शव फेलाेपछि ‘कसले गर्यो हत्या, त्यसलाई जसरी पनि पक्राउ गर्नुपर्छ’ भन्दै प्रहरीसँगै खोजतलासको नाटक गर्दै हिँड्ने व्यक्ति नै मुख्य अपराधी रहेको खुल्न आएको छ। कसरी बाहिरियो घटना ? प्रहरीका अनुसार वीरगञ्ज–पथलैया रुटमा चल्ने म्याजिक भ्यानका सहचालक (१६ वर्षीय) सुमन थापाले चकलेटको प्रलोभन देखाएर बालिकालाई आइतबार बिहानै हत्या भएको स्थानमा लगेका थिए।
बलात्कारपछि बालिका बेहोश भएपछि डोरीमा झुण्ड्याएर हत्या गरेको र त्यसपछि शव व्यवस्थापन गरेको उनले प्रहरीसमक्ष स्वीकार गरेका छन्। मंगलबार साँझ तालिमप्राप्त कुकुरसहित खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा सुमन घटनास्थलमै प्रहरीसँगै वरपर हिँडिरहेका थिए। कुकुरले संकेत गरेपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको हो। उनीसँगै म्याजिक भ्यानका धनी/चालक प्रोग्रेस चौधरीलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ।
मृतक बालिकाको घर नजिकै चालकको घर रहेको र बालिका त्यहाँ आउजाउ गर्ने गरेको खुल्न आएको छ। परिवार विक्षिप्त, स्थानीयद्वारा विरोध प्रदर्शनअकलविना नै तीन वर्षीया बालिकाको यसरी अमानवीय ढंगले हत्या भएपछि परिवार र आफन्तजन पूर्णरूपमा विक्षिप्त बनेका छन्। बालिकाकी आमा मंगलबारदेखि नै अर्धचेत र बोल्न नसक्ने अवस्थामा छिन्।घटनाको विरोधमा बुधबार दिउँसोबाट सिमराका स्थानीय बासिन्दा तथा आफन्तहरू आन्दोलित बनेका छन्। इलाका प्रहरी कार्यालय सिमरा अगाडि जम्मा भएका प्रदर्शनकारीहरूले वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात अवरुद्ध पार्दै बलात्कार र हत्यामा संलग्न दोषीलाई हदैसम्मको (फाँसी वा जन्मकैद) कानुनी कारбаही गर्न जोडदार माग गरेका छन्।प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र दोषीलाई कानुनको कठघरामा उभ्याउने जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित