सेयर कारोबारी दिपेन्द्र अग्रवालका आफन्त सबैको सम्पत्ति रोक्का

काठमाडौं । सेयर कारोबारी दिपेन्द्र अग्रवालको कारोबारसित जोडिएका उनका सबै आफन्त तथा ब्यापारिक साझेदारहरुको बैंक खाता तथा सम्पत्ति रोक्का गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवालसहितका आफन्तका बैंकखाता रोक्का राखेको हो । अग्रवालको सम्पत्ति विवारण नै अस्वाभाविक देखिएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

अग्रवाल यसअघि सेयर कारोबार अस्वभाविक चलखेल गरेको आरोपमा पक्राउ परेका थिए । तर, मुद्दा नसकिदै उनी थुनाबाहिर राखेर अनुसन्धान जारी थियो । अव भने सीआईबीले दिपेन्द्रमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।

सीआईबी स्रोतले भन्यो,‘‘ दिपेन्द्रसित जोडिएका र अस्वभाविक कारोबार भएका व्यक्तिहरुको खातारोक्का गरिएको हो । अनुसन्धान पनि अन्तिम चरणमा पुर्‍याएका छौँ । उनीमाथि ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दाका लागि सिफारिस गर्ने तयारी सीआईबीको छ ।’’

प्रतिक्रिया

ताजा समाचार