रामेछापमा ६१ वर्षीया महिलामाथि जबरजस्ती करणी, युवक पक्राउ

काठमाडौं । रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गर्ने २१ वर्षीय युवक पक्राउ परेका छन्।

रामेछाप नगरपालिका–४ तिलबारी बस्ने ६१ वर्षीया एकल महिलालाई उनकै घरमा जबरजस्ती करणी गरी फरार रहेका जिल्ला सुनसरी घर बताउने अन्दाजी २१ वर्षीय प्रेम बिसुंखे पक्राउ परेका हुन्।

घटना हिजो भएको हो । बिसुंखे लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका थिए। घटनापछि फरार रहेका उनलाई सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट खटिएको टोलीले खोजतलास सुरु गरेको थियो।

खोजतलासका क्रममा आज तिलबारीस्थित कोही नबस्ने घरमा लुकिछिपी बसेको अवस्थामा बिसुंखेलाई फेला पारी नियन्त्रणमा लिइएको हो। पक्राउ परेका बिसुंखेमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार