रुकुम पश्चिम । माइक्रोबसको ठक्करबाट रुकुम पश्चिममा आमाछोरीको मृत्यु भएको छ ।
सानीभेरी गाउँपालिका(८ एकान्तमा ईभी गाडीको ठक्करबाट उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शौचालय जानका लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएकोमा बिहान ९स्३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित