दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अभियन्ता दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित २४ घण्टाभित्र अदालतमा उपस्थित हुन प्रहरीलाई आदेश दिएको छ।

सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै उनलाई घरबाहिर हिँडडुल गर्न नदिएको कारणसमेत २४ घण्टाभित्र पेस गर्न आदेश दिएको हो।

अदालतले भदौ ४ गते प्रसाईंको घर खानतलासी गर्दा बरामद भएका सामग्रीसमेत लिखित जवाफसँगै पेस गर्न जिल्ला प्रहरी परिसर भक्तपुरलाई आदेश दिएको छ।

प्रसाईंले आफ्नो घरमा गरिएको खानतलासी र आफूलाई हिँडडुलमा लगाइएको रोकविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार