फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेट्ने मेयर्स फोरमको निर्णय

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

फोरमको आकस्मिक बैठकले उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको हो।

बैठकले भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद आशिका तामाङबाट फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि भएको व्यवहारप्रति आपत्ति जनाउँदै यस विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

फोरमले उपत्यकाको फोहोर व्यवस्थापन दीर्घकालीन रूपमा समाधान गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार