बानेश्वरमा ‘आकाशे पुल’ प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१०, बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार मंगलबार बिहान जथाभावी बाटो काट्न खोजेका कठायतलाई महिला प्रहरी जवानले आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्।

सोही क्रममा कठायतले प्रहरी जवानमाथि हातपात गरेको प्रहरीले जनाएको छ। घटनालगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

ताजा समाचार