काठमाडौं । ठगी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एक अधिवक्ताले सर्वोच्च अदालत परिसरमा आत्महत्या प्रयास गरेको बताइएको छ।
अधिवक्ता लालबहादुर राईले सुसाइड नोट लेखेर सर्वोच्च अदालत परिसरबाट हामफाल्ने प्रयास गरेको बताइएको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले आफूले पनि उक्त विवरण सुनेको बताए।
सर्वोच्च अदालत सुरक्षा प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमल्सिनाका अनुसार ती अधिवक्ता सकुशल छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित