काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूसँग आपत्कालीन बैठक बोलाएका हुन्।
बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार कार्य अघि बढाउन तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रधानमन्त्री शाहले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक तयारी तीव्र पारिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित