भोटेकोशीमा एक्कासि आएको महाबाढीको रहस्य खोजिँदै, चीनसँग समन्वय गर्दै नेपाल

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीको कारण पत्ता लगाउन नेपालले चीनसँग समन्वय गरिरहेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको ठोस कारण अझै यकिन भएको छैन। चीनतर्फको भूभागसमेत जोडिएकाले स्याटेलाइट तस्वीरमार्फत अध्ययन गर्ने तयारी भइरहेको छ।

प्राधिकरणकी उपसचिव गोमादेवी चेम्जोङका अनुसार कारण पहिचानका लागि चीन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)सँग सहकार्य भइरहेको छ।

मौसमविद्हरूले रसुवा क्षेत्रमा मंगलबार साँझदेखि ठूलो वर्षा नभएको बताएका छन्। भोटेकोशीको जलाधार चीनको तिब्बतसँग जोडिएकाले हिमपहिरो, हिमताल वा अन्य संरचना फुटेको हुनसक्ने आशंका गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार