काठमाडौं । रसुवाबाट आएको भीषण बाढीले धादिङ सदरमुकाम धादिङबेसी जोड्ने फुर्के खोलाको पक्की पुल बगाएको छ।
त्रिशूली नदी हुँदै आएको बाढीले फुर्के खोलासहित धादिङका विभिन्न स्थानका पक्की तथा झोलुंगे पुलमा क्षति पुर्याएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जानकारी दिइन्।
उनका अनुसार बैरेनी क्षेत्रमा घरहरूमा समेत बाढी पसेको छ। बाढीका कारण थप क्षति हुन नदिन तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
धादिङका प्रहरी प्रमुख सुमित खड्काका अनुसार फुर्के खोला र घाटबेसीका पक्की पुलसमेत बाढीले बगाएको छ। अन्य झोलुंगे पुलमा पनि क्षति पुगेको छ।
जिल्लाका तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीलाई उद्धार तथा सुरक्षाका लागि परिचालन गरिएको छ। क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित