भोटेकोशी बाढी : नुवाकोट र धादिङमा ७ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी अहिलेसम्म ७ जनाको शव फेला परेको छ।

बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोटमा ३ र धादिङमा ४ जनाको शव फेला परेको हो।

उनले घाइतेको उद्धार तथा फेला परेका शव संकलनको काम भइरहेको जानकारी दिए। बाढीपछि केही व्यक्ति बेपत्ता भएको सूचना आइरहेकाले खोजी तथा उद्धार कार्यसमेत जारी रहेको उनले बताए।

प्रतिक्रिया

ताजा समाचार