काठमाडौं । बाढीबाट प्रभावित भएका जिल्लाका स्थानीय तहलाई सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
बुधबार मन्त्रिपरिषदको आकस्मिक बैठकले रसुवा, नुवाकोट, धादिङ लगायतका प्रभावित स्थानीय तहमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
‘विपदबाट प्रभावित जिल्लाका स्थानीय तहमा तीन महिनाका लागि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ बमोजिम विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने,’ सरकार प्रवक्ता सस्मित पोखरेलले भने।
सरकारले अहिले उद्धारका कामलाई प्राथमिकतामा राखेको उनले बताए ।

2026 swatantrapath.com सर्वाधिकार सुरक्षित