स्याटेलाइट तस्बिरले देखायो बाढीको सम्भावित कारण, रसुवागढीबाट २० किमि उत्तरपूर्वमा हिम–चट्टान पहिरो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीको सम्भावित कारण नेपाल–चीन सीमाक्षेत्रमा गएको हिम–चट्टान पहिरो हुनसक्ने प्रारम्भिक अध्ययनले देखाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिर विश्लेषण गर्दा नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वतर्फ सीमाक्षेत्रमा हिम–चट्टान पहिरो गएको देखिएको हो।

उक्त पहिरोका कारण ल्हेन्दे खोलामा ठूलो मात्रामा गेग्य्रानसहितको बाढी आएको र बाढी टिमुरे हुँदै त्रिशूली नदीमा मिसिएको प्राधिकरणले जनाएको छ।

पहिरोका कारण खोलामा एक्कासि ठूलो मात्रामा पानी तथा गेग्य्रान मिसिएर आएको बाढीले तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याएको प्रारम्भिक अध्ययनले देखाएको छ।

प्राधिकरणले प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिर विश्लेषणबाट रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा नेपाल–चीन सीमाक्षेत्रमा हिम–चट्टान पहिरो गएको र त्यसकै कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको जनाएको छ। उक्त बाढी टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको प्राधिकरणको भनाइ छ।

चीनको तिब्बततर्फबाट आएको बाढीले आज बिहान रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्‍याएको छ। पछिल्लो विवरणअनुसार हालसम्म १८ जनाको शव भेटिएको छ भने सयौं व्यक्ति सम्पर्कविहीन रहेका छन्। बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार