काठमाडौं । रसुवा जिल्लामा आएको बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ ।
यस्तै, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
बाढीमा परेर घाइते भएका ६६ जना विभिन्न अस्पतालमा उपचाररत छन् । तीमध्ये १४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
यस्तै, बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित