पर्सा। भोटेकोसी नदीमा आएको बाढीमा परी पर्सा जिल्लाका १६ जना नागरिक सम्पर्कविहीन भएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार रसुवाका विभिन्न स्थानमा कार्यरत तथा बसोबास गर्दै आएका पर्सा जिल्लाका १६ जना नागरिक हालसम्म सम्पर्कमा नआएको जनाएको छ ।
प्रहरीका अनुसार पर्साबाट नारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु ठाकुर, उकेश दंगोल, सञ्जय तामाङ, आकाश तामाङ, कमरुल होदा अंसारी, सुभाष पटेल, समिम देवान, अनुतम बहादुर श्रेष्ठ, अभिषेक बस्तोला, घनश्याम बस्तोला, दिनेश परियार र पृथ्वी चौधरीसहित १६ जना सम्पर्कविहीन छन् ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित