विनाशकारी बाढी : मृतकको संख्या २८९ पुग्यो, चितवनमा मात्रै १२१ शव फेला

काठमाडौँ । चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २८९ पुगेको छ।

प्राप्त विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा शव भेटिने क्रम जारी छ। चितवनमा मात्रै भेटिएका शवको संख्या १२१ पुगेको छ।

सशस्त्र प्रहरीका अनुसार जिल्लागत रूपमा रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५ र पश्चिम नवलपरासीमा १४ वटा शव फेला परेका छन्।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले बेपत्ता व्यक्तिको खोजी र उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार