काठमाडौं । चीनको तिब्बतमा पुनः ड्याम फुट्ने जोखिम रहेको सूचना प्राप्त भएको छ।
चिनियाँ पक्षबाट प्राप्त सूचनाका आधारमा नेपाल प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।
चिनियाँ जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल (दोभान) नजिकै ठूलो ‘ताल’ बनेको जनाएको थियो।
बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी भरिएर बाहिर बग्न थालेको अनुमान गरिएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको थियो।
आगामी तीन दिनभित्र तालमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ। यससँगै ताल फुट्ने जोखिम उच्च रहेको चेतावनी दिइएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायले नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित