बेइजिङ (एजेन्सी) । तिब्बतको सीमा क्षेत्रमा गएको विनाशकारी पहिरोमा परी सयौँ मानिस अझै बेपत्ता रहेका बेला बाढीको जोखिम बढेपछि चीनले उद्धार कार्य स्थगित गरेको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार पहिरोका कारण ठूलो मात्रामा गेग्रान र लेदो जम्मा भएर बनेको अस्थायी ताल फुटेर उद्धार टोली खटिएको क्षेत्रतर्फ पानी बग्न थालेपछि उद्धार कार्य रोकिएको हो।
सीसीटीभीले शुक्रबार जनाएअनुसार सबै उद्धार टोलीलाई हालकै स्थानमा तयारी अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न आदेश दिइएको छ।
यसअघि घटनास्थलमा पुगिसकेका आपत्कालीन उद्धार टोलीलाई समेत बाढीको जोखिमका कारण एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको सीसीटीभीले जनाएको छ।
उक्त क्षेत्रमा गएको भीषण पहिरोमा परी ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ। यद्यपि प्रतिकूल मौसम र बाढीको बढ्दो जोखिमका कारण बेपत्ताको खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित