काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिकै बनेको ठूलो ताल फुटेपछि आएको बाढी रसुवाको स्याफ्रुबेसीमा आइपुगेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेसीमा आइपुगेको हो।
महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म थप बाढी आउन सक्ने जोखिम रहेकाले अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित