प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भन्दै नक्कली भौचर बनाउने पक्राउ

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भन्दै नक्कली क्यूआर कोड र बैंक स्टेटमेन्ट सामाजिक सञ्जालमा पोस्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार रामेछापको गोकुलगंगा गाउँपालिका–२, ठोसका ३२ वर्षीय भगवान कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।

कार्कीले भोटेकोशी बाढी प्रभावितका लागि खडा गरिएको कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै सामाजिक सञ्जालमा नक्कली भौचर पोस्ट गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त भौचर च्याटजिपिटीको प्रयोग गरी नक्कली रूपमा तयार पारिएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार