काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको ताल करिब १४ वटा मानक फुटबल मैदान बराबर रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।
चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनका अनुसार एन्नेङ ग्रुपले अगस्ट २९ सम्म गरेको अनुगमनबाट उक्त तथ्यांक प्राप्त भएको हो।
पहिरोले नदी थुनिएपछि बनेको तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको बताइएको छ। यो क्षेत्रफल करिब १४ वटा मानक फुटबल मैदान बराबर हुन्छ।
ताल ठूलो भए पनि हाल यसको अवस्था नियन्त्रणमा रहेको एन्नेङ ग्रुपको तथ्यांक उद्धृत गर्दै सीजीटीएनले जनाएको छ।
यसैबीच, घटनास्थलभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा अर्को सम्भावित बाँधयुक्त तालसमेत पहिचान गरिएको छ। भदौ १० गते आएको भीषण बाढीपछि चिनियाँ पक्षले सीमा क्षेत्रमा थप जोखिमको सम्भावनाबारे निरन्तर अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित