भोटेकोशी बाढीको संकटबारे प्रधानमन्त्री शाहले लिए सुरक्षा प्रमुखसँग जानकारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न संकट समाधानका लागि सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज तथा उद्धार, राहत र व्यवस्थापनका कार्यबारे ब्रिफिङ लिएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा बाढीपछि भइरहेको उद्धार तथा राहतका प्रयासबारे जानकारी लिइएको हो ।

प्रधानमन्त्री शाहले आजै सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि ब्रिफिङ लिने तयारी गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार