कृष्णभीरमा पहिरोपछि पृथ्वी राजमार्ग ठप्प, यी चार बाटोबाट आउन सकिने

काठमाडौं । कृष्णभीरमा पहिरो गएर राजधानीको मुख्य ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सडक विभागले काठमाडौं भित्रिन वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

विभागले काठमाडौं भित्रिन चारवटा वैकल्पिक सडक प्रयोग गर्न सकिने जनाएको छ । जसमा त्रिभुवन राजपथ, कान्ति राजपथ, बीपी राजमार्ग र हेटौँडा–कुलेखानी–फर्पिङ सडक रहेका छन् ।

राजधानीको आपूर्ति व्यवस्था सहज बनाउन यी वैकल्पिक सडकमार्फत काठमाडौंमा मालवस्तु ढुवानी गर्न सकिने विभागले जनाएको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीले कृष्णभीर क्षेत्रमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

प्रतिक्रिया

ताजा समाचार