काठमाडौँ । रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ । बाढीको जोखिमबारे समयमै जानकारी लिन तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन क्यामेरा जडान गरिएको हो ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा जडान गरिएको क्यामेराबाट टिमुरे–रसुवागढी क्षेत्रमा नदीको बहाव, पानीको अवस्था तथा बाढीसम्बन्धी गतिविधि प्रत्यक्ष निगरानी गर्न सकिनेछ ।
क्यामेरा जडान भइसके पनि भिस्याट तथा सञ्चार प्रणाली व्यवस्थापनको काम भइरहेको जनाइएको छ । आवश्यक प्राविधिक काम पूरा भएपछि सम्भवतः आज रातिदेखि प्रणाली सञ्चालनमा आउनेछ ।
क्यामेराबाट प्राप्त दृश्य तथा सूचनालाई २४ घण्टे बाढी पूर्वानुमान र पूर्वसूचना सेवासँग एकीकृत गरिनेछ । यसबाट बाढीको प्रारम्भिक संकेत पहिचान गरी समयमै सूचना प्रवाह गर्न तथा सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित