बाढी–पहिरोमा मृत्यु भएकाको शव पहिचान गर्न चीनले नेपालमा डीएनए विज्ञ र उपकरण पठाउने

काठमाडौं । चीनले बाढी तथा पहिरोमा ज्यान गुमाएकाहरूको शव पहिचानमा सहयोग गर्न नेपालमा डीएनए पहिचान विज्ञसहित आवश्यक उपकरण पठाउने भएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चीनले नेपालमा डीएनए पहिचानसम्बन्धी विज्ञ पठाउने जानकारी दिएका हुन्।

उनका अनुसार चीनले डीएनए परीक्षणका उपकरणसँगै ड्रोन, पानी शुद्धीकरण उपकरण तथा तत्काल आवश्यक पर्ने अन्य सामग्रीसमेत नेपाल पठाउनेछ।

नेपालमा बाढी तथा पहिरोपछि ठूलो संख्यामा मानिस बेपत्ता रहेकाले शव पहिचान चुनौतीपूर्ण बनेको छ। नदीमा लामो समयसम्म रहेका कारण कतिपय शवको अवस्था बिग्रिएकाले पहिचान गर्न थप कठिनाइ भइरहेको छ।

यस्तो अवस्थामा चीनले पठाउने डीएनए विज्ञ र परीक्षण उपकरणबाट पहिचान हुन नसकेका शवको वैज्ञानिक विधिबाट पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार