त्रिशूली ३ ‘ए’ अपडेट : सुरूङभित्र एकभन्दा बढी मान्छेको आवाज पुष्टि

काठमाडौं । सांसद श्रीराम न्यौपानेले नुवाकोटस्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि गरेका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सांसद न्यौपानेले सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज आएको बताएका हुन्।

उद्धार कार्य जारी रहेको उल्लेख गर्दै उनले सुरुङभित्रबाट आएको आवाजको जवाफमा उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेको र उताबाट पनि प्रतिक्रिया आएको जानकारी दिएका छन्।

यससँगै सुरुङभित्र मानिसहरू जीवितै रहेको हुनसक्ने आशा बढेको छ। उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिसम्म पुग्ने प्रयास जारी राखेको छ।

प्रतिक्रिया

ताजा समाचार