नुवाकोट । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।
रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानले सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार गरिएको जानकारी दिनुभायो । जीवितै उद्धार भएका महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर हुनुहुन्छ भने साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीमा हनुहुन्छ ।
सेना र सशस्त्र प्रहरीले विदेशी उद्धारकर्मीहरूको सहयोगमा उहाँहरूको उद्धार गरिएकाे हाे ।
यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिबीच दोहोरो संवाद भएको थियो। उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै ढाडस दिँदा भित्रबाट ‘हुन्छ’ भन्ने स्पष्ट प्रतिक्रिया आएको थियो।
सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालित छ। सांसद न्यौपानेका अनुसार अन्य व्यक्तिको पनि उद्धारका लागि टोलीले प्रयास जारी राखेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित