अपर त्रिशूली–१ को सुरुङमा दुई शव फेला

काठमाडौं । रसुवाको माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा दुई वटा शव फेला परेका छन् ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीले आइतबार सुरुङभित्रबाट दुई वटा शव फेला परेको जानकारी दिएका हुन् ।

अधिकारीका अनुसार शवको पहिचान भने भइसकेको छैन । सुरुङको भित्री भागमा शव फेला परेको उनले बताए ।

यही सुरुङबाट शनिबार एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो । उनलाई सुरुङको करिब २२५ मिटरभित्रबाट उद्धार गरिएको थियो ।

सुरुङमा अझै खोजी तथा उद्धार कार्य जारी रहेको आयोजनाले जनाएको छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ताको खोजी भइरहेको छ । आज बाढी आएको १२ औँ दिन हो ।

प्रतिक्रिया

ताजा समाचार