काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि नुवाकोट पुगेका छन्।
नुवाकोट पुगेर राष्ट्रपति पौडेलले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनःस्थापनालगायतका विषयमा जानकारी लिएका छन्।
राष्ट्रपति पौडेलले बाढी प्रभावितलाई राखिएको होल्डिङ सेन्टरको समेत अवलोकन गरेका छन्।
राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनले प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहतका लागि भइरहेका प्रयासबारे सम्बन्धित अधिकारीसँग जानकारी लिएका हुन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित