उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्। उनले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जनाएको छ।

पछिल्लो समय उपभोक्ताले ग्यास अभाव झेलिरहँदा समस्या समाधान गर्न नसकेको भन्दै मन्त्री यादवको आलोचना बढ्दै गएको थियो।

उनले हिजो मात्रै संसदीय समितिको बैठकमा ग्यास अभावको दोष उद्योगीलाई दिँदै कर्मचारीले समेत आफूलाई साथ नदिएको बताएकी थिइन्।

उद्योगीलाई ‘पाता कस्ने’ र लाइसेन्स खारेज गर्नेसम्मको चेतावनी दिएपछि व्यवसायीहरूले प्रधानमन्त्रीको कार्यालयमा समेत फोन गरेर उक्त विवादास्पद अभिव्यक्ति फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए।

मन्त्री यादवको राजीनामा ग्यास अभाव तथा उद्योगीसँगको विवाद चर्किएको पृष्ठभूमिमा आएको हो।

प्रतिक्रिया

ताजा समाचार