जनताको आवश्यकताअनुसार ग्यास उपलब्ध गराउनुपर्छ : मन्त्री साह

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले जनताको आवश्यकताअनुसार ग्यास उपलब्ध गराउनुपर्ने बताएका छन्।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री साहले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा यस्तो बताएका हुन्।

उनले मन्त्रालयमा विगतमा भएका काम तथा प्रगतिको जानकारी लिएर आगामी काम अघि बढाउने बताए।

‘यसमा छलफल गरेर काम गर्छु। मेरो पहिलो प्राथमिकता भनेको विगतमा के–के भएको थियो भन्नेबारे जानकारी लिएर अगाडि बढ्नु हो। यसो गर्दा काम गर्न सजिलो हुन्छ,’ उनले भने।

मन्त्री साहले जनताको आवश्यकताअनुसार ग्यासलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

प्रतिक्रिया

ताजा समाचार