
काठमाडौँ । सर्वोच्च अदालतको नयाँ भवनमा रहेको मुद्दा फाँटमा आज बिहान आगलागी भएको छ।
बिहान साढे आठ बजेतिर नयाँ भवनको भुइँ तलामा रहेको २० र २१ नम्बर मुद्दा फाँटमा आगलागी भएको हो। आगो केही समयमै नियन्त्रणमा लिइएको छ।
सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार आगलागीबाट तीनवटा कम्प्युटर जलेका छन्। कुनै पनि कागजातमा क्षति नभएको उहाँले जानकारी दिनुभयो।
बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
यसअघि भदौ १७ गते राति पनि सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी भएको थियो। गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्चको पुरानो भवनमा आगजनी भएपछि अदालतको कामकारबाही नयाँ भवनबाट सञ्चालन हुँदै आएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित