त्रिशूली हाइड्रो परियोजना–१ को टनेलमा ६ शव फेला

रसुवा । भोटेकोशीमा आएको बाढीपछि थुनिएको त्रिशूली हाइड्रो परियोजना–१ भित्र ६ वटा शव फेला परेका छन्।

नेपाली सेनाको जङ्गी अड्डाका अनुसार संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएका अवस्थामा ती शव फेला पारेको हो।

उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी शवहरू बाहिर निकालेको सेनाले जनाएको छ।

टनेलभित्र हिलोले छोपिएको अवस्थामा अन्य शवजस्तो आकृति पनि देखिएको भन्दै सेनाले उक्त क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ।त्रिशूली हाइड्रो परियोजना–१ को टनेलमा ६ शव फेला

प्रतिक्रिया

ताजा समाचार