
काठमाडौं । ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा चालक घाइते भएका छन्।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि रहेको बस बिसौनीमा पुगेपछि बसमा आगलागी भएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आगलागीमा परी बसका चालक गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।
आगलागीबाट भएको अन्य मानवीय क्षतिबारे यकिन भइसकेको छैन।
बसमा आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित