हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे विशेष समिति गठन गर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ गठन गर्ने विषयमा छलफल भएको छ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा बसेको बैठकमा प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १८० बमोजिम १५ सदस्यीय विशेष समिति गठन गर्ने प्रस्तावमाथि सदस्यहरूले राय तथा सुझाव दिएका छन्।

बैठकमा विशेष समितिको गठन, संरचना, कार्यावधि र कार्यदिशाका विषयमा सदस्यहरूले विभिन्न सुझाव दिएका थिए। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका असर तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा भएका विपद्का विषयमा अध्ययन र आवश्यक पहल गर्न विशेष समिति गठन गर्ने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ।

समितिको संरचना, कार्यक्षेत्र र कार्यावधिसहितका विषयलाई अन्तिम रूप दिएपछि प्रतिनिधि सभामा विशेष समिति गठनको प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया

ताजा समाचार