ताप्लेजुङको दोभान बजारमा आगलागी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङका अनुसार आगलागीबाट दोभान बजारका सात घरमा पूर्ण क्षति पुगेको हो। आगलागीमा घर तथा घरभित्र रहेका सामानसमेत जलेर नष्ट भएका छन्।

आगलागीबाट भएको मानवीय तथा अन्य भौतिक क्षतिको विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार