
काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा जारी खेलमा अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनायो । उसका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रानले समान ३० रन बनाए । नान्गेलिया खान १७ रनमा अविजित रहे ।
अफगानिस्तानका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि बलिङतर्फ कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट हात पारे ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित