पर्वतको जलजलामा कालीगण्डकीको बाढी, २० भन्दा बढी घर बगे

पोखरा । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८, फर्से क्षेत्रमा २० भन्दा बढी घर बगाएको छ ।

वडाध्यक्ष हरि विकास जिसीका अनुसार बाढीको बहाव अझै बढ्दो क्रममा रहेकाले थप घरहरू जोखिममा छन् । उहाँका अनुसार बाढीले एक सयभन्दा बढी घर प्रभावित हुनसक्ने अवस्था छ ।

बाढीले घरसँगै स्थानीय विद्यालय, कृषि फर्म र गोठहरूमा समेत क्षति पुर्‍याएको छ । ठूलो मात्रामा भौतिक तथा धनमालको क्षति भए पनि हालसम्म मानवीय क्षति भने भएको छैन ।

वडाध्यक्ष जिसीका अनुसार बस्तीका सबै बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिक्रिया

ताजा समाचार