
पर्वत । गएरातिदेखिको अविरल वर्षापछि पर्वत जिल्लामा हालसम्म ६६ घर पूर्ण रूपमा बगेका छन् भने थप २३ घर उच्च जोखिममा छन्। स्थानीयलाई समयमै सुरक्षित स्थानतर्फ सारिएकाले मानवीय क्षति भने हुन पाएन।
जलजला गाउँपालिका–८, फर्सेस्थित कालीगण्डकी नदीमा आएको बाढीले ६६ घर पूर्ण रूपमा बगाएको हो। त्यहाँ थप २३ घर उच्च जोखिममा रहेको बताइएको छ।
सशस्त्र प्रहरीका अनुसार उच्च जोखिममा रहेका घरका सामानहरू सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित