पक्राउ परेको केही समयमै पूर्वप्रधानन्यायाधीश राणा रिहा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले रिहा गरेको छ।

प्रहरीले पक्राउ पुर्जीबिनै मध्यरातमा घरबाट नियन्त्रणमा लिएका राणालाई पक्राउ गर्नुको कारण स्पष्ट नगरी केही समयपछि रिहा गरेको हो।

राणालाई प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयको ठाडो आदेशमा पक्राउ गरिएको स्रोतले दाबी गरेको छ। यद्यपि, यसबारे प्रहरीले आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार राणालाई परिवारको जिम्मा लगाएर घर पठाउने तयारी भइरहेको छ।

‘उहाँ घर जानुहुन्छ, पठाउने तयारी हुँदैछ,’ कार्कीले भने।

प्रतिक्रिया

ताजा समाचार